Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सुर्खेतमा सहमतिपछि राजमार्ग खुल्यो


0
Shares

अपडेट

सुर्खेत, फागुन ८ । सुर्खेतमा दुई दिनदेखि उचित क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै भइरहेको प्रदर्शन रोकिएपछि रत्न राजमार्गमा सवारी आवागमन सामान्य भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबजारमा फोर्स गाडीको ठक्करबाट भेरीगंगा नगरपालिका–४ का राजु बोहोराको मृत्युपछि आफन्तहरुले रत्न राजमार्ग बन्द गरेका थिए ।

आन्दोलनका कारण छोटो तथा लामो दूरीका सवारी–साधन बन्द हुँदा यात्रीहरु अलपत्र परेका थिए ।

गाडी मालिक, काँक्रेविहार यातायत प्रालि र पीडित परिवारबीच उचित क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक विनोद चौधरीले सहमतिपछि राजमार्ग सुुचारु भएको जानकारी दिए ।

अपडेटअघिको समाचार

सुर्खेत, फागुन ८ । सुर्खेतको छिन्चुबजारमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएपछि आफन्तहरुले रत्न राजमार्ग बन्द गरेका छन् ।

उचित क्षतिपूर्तिको माग राख्दै आफन्तले बिहीबार बिहानैदेखि रत्न राजमार्ग बन्द गरेर प्रदर्शन गरेका हुन् ।

छिन्चुबजारमा गएको मंगलबार राति बा३ख ६३५२ नम्बरको फोर्स गाडीले भेरीगंगा नगरपालिका–४ का राजु बोहोरालाई ठक्कर दिएको दियो । बोहोरालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

आन्दोलनका कारण छोटो तथा लामो दूरीका सवारी–साधन बन्द हुँदा यात्री अलपत्र परेका छन् ।

प्रहरीले वास्तविक चालकलाई पक्राउ नगरेर नक्कली सवारीचालक खडा गरेको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय छिन्चु घेराउ गरेका छन् ।

आफन्तले ठक्कर दिने चालक पक्राउ गर्नुपर्ने र पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका हुन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक विनोद चौधरीले राजमार्ग खुलाउन पीडित परिवारसँग वार्ताको प्रयास भइरहेको जानकारी दिए ।