Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सञ्चारमन्त्रीको राजीनामा माग गर्दै कांग्रेसले गर्‍यो राष्ट्रिय सभा बैठक अवरुद्ध


0
Shares

काठमाडौं । कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । आज बसेको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

सेक्युरिटी प्रेस संचालनका लागि एक स्वीस कम्पनीका नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले कमिसन स्वीकारेको अडियो अहिले भाइरल भएको छ ।

बैंक नोट, पासपोर्ट, स्मार्ट कार्ड लगायतका सामाग्री छाप्ने सेक्युरिटी प्रेस नेपालमै जडान गर्न सरकारले स्वीस कम्पनीलाई जिम्मा दिने तयारी गरिरहेको बेला उक्त अडियो सार्वजनिक भएको हो । 

बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा र छानबिनबारे सरकारले प्रस्ट धारणा नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका थिए ।

उनले माग पुरा नभएसम्म बैठक चल्न नदिने बताएपछि कांग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए । बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले प्रक्रियाअनुसार माग सम्बोधन गर्ने जानकारी गराएपनि सांसदहरु नबसेपछि बैठक स्थगित गरेका थिए ।