नुवाकोट । पञ्चकन्या गाँउपालिकामा बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नम्वर ४ आरुखर्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस कुलकुले भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ३०–३५ यात्रु सवार बस घुम्तीबाट करिव ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्य घाइतेहरको नुवाकोटमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्