Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


बाजुरामा चार रेक्टरको भूकम्प


0
Shares

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । 

 जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए ।

उनले  भूकम्पले क्षति पुर्‍याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएकोे बताए । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।