Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


आरआर क्याम्पसमा नेविसंघले मनायो प्रजातन्त्र दिवस


0
Shares

काठमाडौं । ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसका नेविसंघका विद्यार्थीले विशेष कार्यक्रमको आयोजना गरेका छन् 

विद्यार्थी नेता सुनिल शर्माको संयोजकत्वमा भएको कार्यक्रममा क्यम्पसको मुलगेट अगाडिको सडकमा राष्ट्रिय झण्डा र नेवि संघको झण्डाको चित्र कोरी शुभकामना आदनप्रदान गरे ।

कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेल र एलिजा ढकालले हाम्रा अग्रजहरुले लडेर ल्याएको प्रजातन्त्रको संस्थागत विकासका लागि हामी एकढिका भएर लड्नुपर्ने धारणा राखे ।

क्याम्पसमा स्ववियू निर्वाचन नै स्थगित गरेर सरकार प्रजातन्त्रसँग नै डराएको भन्दै उनीहरुले तत्काल स्ववियु निर्वाचनको माग गरे ।

कार्यक्रमको संचालन नेविसघ आरआर क्याम्पसमा सचिब जेमसिंह राईले गरेका हुन ।