२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


रौतहटमा सिमसारको संरक्षण अभियानमा सेना जुट्यो


221
Shares

रौतहट । उचित संरक्षणको अभाव रहेको रौतहटको चन्द्रपुरस्थित मरधर सिमसारको सफाई अभियानमा नेपाली सेना जुटेको छ ।

नेपाली सेनाको वीरदल गण गौरले सैनिक नागरिक सम्बन्ध अभिवृद्धि तथा प्रकृति पर्यावरण र चुरे संरक्षण कार्यक्रम अन्र्तगत सिमसारको सफाई अभियानमा लागेको हो ।

पर्यटकीय गन्तब्यको रुपमा आकर्षित रहेको सो सिमसार भित्र रहेको फोहोर तथा जलकुम्भी झार हटाउन कार्य भैरहेको छ । २५ बर्ष पहिले सम्म १४ हेक्टर क्षेत्रफल रहेको सो सिमसार क्षेत्र यतिखेर अतिक्रमणको कारण ६ दशमलब ६७ हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।

१५ फिट गहिरो तथा एक किलोमिटर भन्दा बढी लम्वाई रहेको सिमसार अतिक्रमणको चपेटामा परेको हो । करिब दश दिन भित्र सक्ने लक्ष्यका साथ नेपाली शेनाले सिमसार क्षेत्र जोगाउन लागेको छ ।

जिल्ला प्रशासन कार्यालय, चन्द्रपुर नगरपालिकाको समन्वयमा सिमसारको सफाई अभियानको थालनी भएको वीरदल गणका सेनानी अमर बहादुर थापाले जानकारी गराउनु भएको छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले ईतिहास बोकेको सिमसार तालको संरक्षणमा सबै जुटन जरुरी रहेको बताउनु भयो । नेपाली शेनाले सफाई गरेपछि सिमसार क्षेत्र बिकास निमार्णमा नगरपालिकाले योजनाबद्ध कार्य गर्ने उहाँको भनाई छ ।

चन्द्रपुर नगरपालिका वडानम्बर ८ मा रहेको सो सिमसारमा दुर्लभ चराहरु सारस, पानीहाँस, झिल्ला र साईबेरियन चराहरु देखिने गरेको छ । सिमसार क्षेत्रको सफाईपछि आन्तरिक र बाहय पर्यटकिय सम्भाबना रहेकोरौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिनुभएको छ ।

सदियौदेखि पुरातात्वि महत्व बोकेको सो सिमसार क्षेत्रको १२ कट्ठा जमिन ब्यक्तिको नाममा दर्ता भैसकेको छ । उक्त जमिन खारेजीको लागि चन्द्रपुर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण आयोग सिहदबारमा निबेदन दिएपनि अझै सुनुवाई नभएको जनाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सम्भवना रहेको ऐतिहासिक तथा पौराणिक महत्व रहेको सिमसार क्षेत्र जोगाउन आवश्यक रहेको छ ।