Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


लोकतन्त्र जालझेल र तिकडमबाजी नभइ जनताको अभिमतको प्रणाली हो : प्रधानमन्त्री


0
Shares

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै यसको सफल कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

निर्वाचन आयोगले चौथो निर्वाचन दिवसका अवसरमा बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले ‘लोकतन्त्र जालझेल र तिकडमबाजी नभइ जनताको अभिमतको प्रणाली हो’–भने ।

निर्वाचन प्रणालीबाट नै समाज सञ्चालन भएको र निर्वाचनले जनताको प्रतिनिधित्व प्रतिविम्बित गर्नुपर्ने भन्दै ओलीले आगामी दिनमा निर्वाचनमा कसरी जनसहभागिता बढाउने, पारदर्शी बनाउने र कम खर्चिलो बनाउने भन्नेतर्फ आयोगले ध्यान दिनुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक गतिशिलताका लागि निर्वाचन आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडासमेत सहभागी थिए ।

कार्यक्रममा निर्वाचनका वेला उत्कृष्ट काम गर्ने पाँचजना कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।