Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


दमौलीमा लोक साँस्कृतिक महोत्सव सुरु


0
Shares

तनहुँ, फागुन ७ । प्रथम व्यास नगरस्तरीय बहुजातीय लोक साँस्कृतिक महोत्सव बुधबारदेखि तनहुँको सदरमुकाम दमौलीमा सुरु भएको छ ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान तनहुँको आयोजना तथा व्यास नगरपालिकाको प्रायोजक र नेपाल आदिवासी जनजाति महासंघ तनहुँको सहयोगमा दमौलीमा दुईदिने लोक साँस्कृतिक महोत्सव सुरु गरिएको हो ।

विभिन्न जातजातिका र्‍यालीले दमौलीबजारको परिक्रमा गरी महोत्सवस्थलमा पुगेका थिए ।

जिल्लामा रहेका २५ भन्दा बढी जातजातिका कला, संस्कृति झल्किने प्रस्तुति महोत्सवमा देखाइएको थियो ।

महोत्सवमा जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका मानिसहरुले आफ्नो कला, संस्कृति, भेषभूषा, खानाका परिकारका साथै मौलिक संस्कृति प्रस्तुत गर्नेछन् ।