२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, गाँजा, भाङ निषेध


0
Shares

काठमाडौं, फागुन ७ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषले बुधबार गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन पाँच हजार स्वयंसेवक खटाइने जानकारी दिए ।

स्वयंसेवकहरुलाई लाइन सहजीकरणका लागि बाहिरी क्षेत्रमा मात्र परिचालन गरिने छ ।

शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा, भाङ सेवन गर्न नपाइने पनि उनले बताए ।

सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् ।

सादा पोसाकमा पनि प्रहरी परिचालन गरी मेला क्षेत्रको अनुगमन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पूजा तथा दर्शनका लागि चारओटा छुटटा–छुट्टै लाइनको व्यवस्था गरिएको र पश्चिम मूलढोका भने विशेष परिस्थितिका लागिमात्र प्रयोग हुने जनाइएको छ ।

भारतबाट हालसम्म पाँच हजार साधु–सन्तहरु आइसकेको र साधुहरुको संख्या बढ्ने कोषले जनाएको छ ।