 
	    श्रीराम अर्जुन
हेटौंडा । हेटौंडामा तेस्रो लिंगीको हत्यामा संलग्नहरूलाई जिल्ला अदालत मकवानपुरले कैद र जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला गरेको हो ।
न्यायाधीश श्रेष्ठको इजलासले तेस्रो लिंगीको हत्यामा संलग्न सुशिल थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद र डाँकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवानासहित पीडित परिवारलाई जनही ३ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
त्यस्तै, शव लुकाउने कसुरमा सिमोन परियारलाई ४ वर्ष कैद, डाकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यसैगरी, हत्यामा संलग्न एक नाबालकलाई १६ वर्ष ८ महिना कैद, डाका कसुरमा ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यसैगरी, अदालतले तेस्रो लिंगीको चोरी भएको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई पनि एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ । अदालतले पीडितको परिवारलाई पीडित राहत कोषबाट थप ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको निमित्त श्र्रेस्तेदार अमृत घिमिरेले जानकारी दिनुभयो ।
२०७६ साल माघ ४ गते बिहान कान्तिलोकपथस्थित हेटौंडा ५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा हेटौंडाकै एक तेस्रो लिंगीको शव फेला परेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्