बागलुङ, फागुन ६ । बागलुङको गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ ।
गलकोट नगरपालिका वडा नम्बर–५, टेउवामा जारी मूर्तिकला कार्यशाला फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।
पर्यटकीयस्थल घुम्टेलेकको काखमा भएको मूर्तिकला कार्यशालामा ११ देशका १५ जना मूर्तिकारहरुले विभिन्न प्रकृतिका मूर्तिहरु बनाउने गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिए ।
गलकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र कला, संस्कृतिको उजागर गर्न अन्तर्राष्ट्रियस्तरको कार्यशाला थालिएको बताइएको छ ।
मूर्तिकला कार्यशालामा नेपालसहित जापान, इटाली, इजरायल, फ्रान्स, युक्रेन, ताइवान, क्यानडा, भारत, ब्राजिललगायतका देशबाट मूर्तिकारहरु आएका छन् ।









प्रतिक्रिया दिनुहोस्