काठमाडौं, साउन २२ । राष्ट्रियसभाअन्तर्गतका चारओटा विषयगत समितिका पहिलो बैठक मंगलबार बसेको छ ।
संघीय संसद सचिवालयको भवन सिंहदरबारमा बसेको समितिका छुट्टा–छुट्टै पहिलो बैठकमा सदस्यहरुबीच परिचयात्मक कार्यक्रम हुनुका साथै समितिको कार्यक्षेत्र, आगामी बैठकका कार्यसूचीलगायतका विषयमा सामान्य छलफल भएको थियो ।
बैठकको अध्यक्षता समितिमा रहेका सदस्यमध्येबाट ज्येष्ठ सदस्यले गरेका थिए ।
राष्ट्रियसभाका विषयगत समितिअन्तर्गत् प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति र दीगो विकास तथा सुशासन समिति रहेका छन् ।
यी चारओटा विषयगत समितिमध्ये राष्ट्रिय सरोकार समन्वय समितिको कार्यक्षेत्र बृहत् छ ।
यो समितिको तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानवअधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि–सम्झौता कार्यान्वयनको अवस्था, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोगलगायत कार्यक्षेत्र तोकेको छ ।









प्रतिक्रिया दिनुहोस्