Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


ट्रकको ठक्करबाट एकको मृत्यु


0
Shares

चितवन । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा १ क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ५७ प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस