
काठमाडौं । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मरुनमा गएराति भएको क्वाटरफाइनल खेलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इजिप्ट सेमिफइनलमा पुगेको हो ।
खेलमा मोरक्कोका सोफियाने बुफलले पहिलो गोल गरेपनि इजिप्टका मोहोमद सालाहले एक गोल फर्काएपछि निर्धारित समयमा १–१ गोलको बराबरी भयो ।
अतिरिक्त समयमा इजिप्टका ट्रेजेग्वेटले निर्णायक गोल गर्दा टोलीलाई सेमिफाइनलमा पुराउनु भयो । गएराति भएको अर्को खेलमा इक्वेटोरियल गिनीलाई ३–१ ले हराउँदै सेनेगल पनि सेमिफाइनलमा प्रवेश गरेको हो ।
गएरातिका खेलहरुसँगै अफ्रिका कप फुटबलको सेमिफाइनल समिकरण तय भएको छ ।
आगामी बुधवार हुने पहिलो सेमिफाइनल खेलमा सेनेगल र बुर्किना फासो भिड्दा बिहिवार आयोजक क्यामरुनले इजिप्टसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्