Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै उजुरी


4k
Shares

काठमाडौं, माघ १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।

ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग गर्दै अभिजित अधिकारी र विरेन्द्र मडैले उजुरी दिनुभएको हो ।

उजुरीमा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका ओलीले आफू कोभिड संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई हुलहुज्जत गरी आफूलाई सामान्य संक्रमण मात्र भएको भाषण गरी कोरोना संक्रमण फैलाउने काम गरेको उजुरीमा आरोप लगाइएको छ ।