Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सरकारकै कारण संघीयता धरापमा: डा.कोइराला


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको बताएका छन ।

कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिश बनेको बताएका छन ।

कम्युनिष्टहरु जनवादी केन्द्रियतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले बर्तमान नेकपा सरकार नै संघीयता बिरोधी रहेको बताए ।

अन्तरिम संविधान लेखनमा समेत सक्रिय भुमिका खेलेका डा कोइरालाले भने, “तत्कालिन समयमा संघीयता कांग्रेस,एमाले र माओवादीको ऐजेन्डा नै थिएन। मधेस आन्दोलनकै कारण संघीयता आएको हो।”

डा. कोइरालाले संघीयता आफ्नो पार्टीको एजेन्डा थियो भनेर जनतासामु कुनैपनी पार्टीले झुटो बोल्न नहुने बताए ।

नेपाल बैकल्पिक अध्ययन समाजले काठमाडौंमा आयोजना गरेको “नेकपा सरकारका दुई बर्ष, संघीयता कार्यान्वयनमा उदासिनता” बिषयक कार्यक्रममा बोल्नुहुदै डा कोइरालाले सरकारको २ बर्षे कार्यकाल पुर्णरुपमा असफल रहेको बताए ।

कोइरालाले बितेको २ बर्षमा महंगी र कालाबजारी बढेको, गरिब, किसान, मजदुरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुदै गएको, नीतिगत भ्रष्टाचार संस्थागत हुदै गएको, दण्डहीनता बढेको,संवैधानिक निकायहरु पुर्णरुपमा सरकारको नियन्त्रणमा रहेको बताए ।

कार्यक्रममा नेकपाका नेता देव गुरुङले संबैधानिक अड्चन रहेकाले संबिधान संशोधन नगरी संघीयता प्रभावकारी कार्यान्वयन हुन नसक्ने बताए ।

संघीय समाजवादी पार्टीकी सरिता गिरीले मधेसी जनता आन्दोलनको तयारीमा रहेको बताईन। पुर्वसांसद हरि रोकाले कार्यपत्र प्रस्तुत गरेका थिए ।