Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


विदेश जाने महिला ७१ प्रतिशत बढे


130
Shares

काठमाडौं । यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ।

यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू विदेशमा रहँदै आएपछि उनीहरूले समाजिक सञ्जालबाट विदेशको बसोबास र त्यहाँका सेवासुविधा तथा अवसरबारे ज्ञात भए र आफूलाई त्यहीअनुसार सक्षम बनाउँदै लगेको देखिन्छ।

महिलाहरू पनि आफु सक्षम रहेको र विदेशमा समेत काम गर्न सक्ने क्षमता रहेको तथ्यांकले उजागर गरेको विभागका निर्देशक ढुण्ढीराज लामिछानेले बताए। जनगणना ०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१ लाख ६९ हजार ४ सय ७८ व्यक्तिहरू नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन्। तीमध्ये १७ लाख ६३ हजार ३ सय १५ पुरुष ८१.२८ प्रतिशत र ४ लाख ६ हजार एक सय ३ महिलाहरू अर्थात् १८.७२ प्रतिशत महिलाहरू छन्।

२०६८ सालमा विदेशमा अक्सर बसोबास गर्नेहरू १९ लाख २१ हजार ४ सय ९४ थियो, तीमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात् ८७.६४ प्रतिशत थिए। महिलाहरू २ लाख ३७ हजार ४ सय अर्थात १२.३६ प्रतिशत मात्र थिए।

नागरिक