
काठमाडौं, फागुन ३ । प्राणघातक ‘कोरोनाभाइरस’का कारण युरोपमा पनि एकजनाको मृत्यु भएको छ ।
चीनको हुबेई प्रान्तबाट आएका ८० वर्षीय चिनियाँ नागरिकको फ्रान्समा मृत्यु भएको हो ।
गत जनवरी १६ मा फ्रान्स आएका उनलाई प्यारिस अस्पतालमा ‘क्वारेन्टाइन’मा राखी उपचार गरिएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
एसियाबाहिर पनि ‘कोभिड–१९’ नाम दिइएको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
यसअघि, चीनबाहिर हङकङ, फिलिपिन्स र जापानमा पनि एक/एकजनाको कोरोनाका कारण मृत्यु भएको छ ।
चीनमा भने १५ सयजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो हुबेई प्रान्तका छन् । संक्रमितको संख्या २६ सय ४१ थपिएर ६६ हजार ४९२ पुगेको छ ।
चीनबाहेक अरु २४ मुलुकमा ५०० संक्रमित भेटिएको छ । जसमध्ये जापानमा सबैभन्दा धेरै २५१ जना संक्रमित पुगेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्