Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


१३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी


5.1k
Shares

काठमाडौं, माघ १० । प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

कार्यालयले आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सोमबार सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन भनेको हो ।

आफूखुशी सम्पर्क बाहिर रहेका हबल्दारहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर हुन् । सिंह मंसिर १९ गते र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ ।

यस्तै, सम्पर्कमा नरहेका प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी, दिल दीक्षित राज केसी छन् । उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ ।

सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने प्रधान कार्यालयले चेतावनी समेत दिएको छ ।