Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कांग्रेस सर्लाहीको सभापतिमा सिंहको उम्मेदवारी घाेषणा


9.8k
Shares

सर्लाही । नेपाली कांग्रेसको जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सुरेन्द्र सिंहले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

लालबन्दीमा एक सभाको आयोजना गरेर उपसभापति सिंहले सभापतिमा उम्मदवारी घोषणा गर्नुभएको हो । धनकौल गाँउपालिका निवासी सिंहले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सभापतिमा उम्मेदवारी घोषणा भए पनि प्यानलको भने टुंगो लागेको छैन । अन्य पदहरूका उम्मेदवारको सन्दर्भमा पनि संस्थापन पक्षमा छलफल भइरहेको र छिट्टै टुंगो लगाउने कांग्रेसका लालबन्दी नगर सभापति प्रशान्त आचार्यले जानकारी दिनुभयो ।

घोषणा सभामा कांग्रेस मधेश प्रदेशका सभापति कृष्णदेव यादव, मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंह, संविधानसभा सदस्य जंगीलाल राय, शम्भुलाल श्रेष्ठ, कांग्रेस जिल्ला सभापाति नागेन्द्रकुमार रायलगायतको उपस्थिति थियो ।

त्यस्तै, इतर पक्षबाट पूर्व जिल्ला सभापति लक्ष्मण राय, सभापतिमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।

सर्लाहीमा अधिवेशनको सरगर्मी बढे पनि केन्द्रीय कार्यालयले भने आजै बाँकी रहेका १६ जिल्लो अधिवेशन स्थगित गरेको छ । माघ १५ गते हुने भनिएको अधिवेशन कोभिड–१९ संक्रमण तीव्र भएपछि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।