 
	    तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ ।
‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर सम्मान गर्दै स्वास्थ्य उपचार गर्दै आएका छन् ।
आफ्नै घरमै बसेर सम्मानसहित स्वास्थ्य उपचार पाउँदा जेष्ठ नागरिक खुशी भएका छन् । गाउँपालिकाले ६ वटै वडाहरुमा स्वास्थ्य उपचार र औषधि वितरण गर्दै आएको छ । साे पालिकामा रहेका ६० वर्ष माथिका दलित,७० वर्ष माथिका अन्यलाई सेवा दिँदै आएको छथर गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकारले जेष्ठ नागरिकहरुको अभिभावक बन्नका लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्