Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


राष्ट्र बैंकले एक अर्ब रुपैयाँको स्वावलम्बन कोष सक्रिय पार्दै


0
Shares

काठमाडौं, साउन २२ । नेपाल राष्ट्र बैंकले ग्रामीण स्वावलम्बन कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

अर्थ मन्त्रालयले ग्रामीण स्वावलम्बन कोष सञ्चालन निर्देशिका २०७४ स्वीकृत गरी लागू गरेपछि केन्द्रीय बैंकले थप प्रभावकारी रुपमा कोष सञ्चालन गर्ने भएको हो ।

 नेपाल सरकार तथा केन्द्रीय बैंकको गरी करिब एक अर्ब रुपैयाँ रहेको सो कोषको उद्देश्य सहकारी संस्थामार्फत ग्रामीण क्षेत्रका विपन्न जनतालाई स्वरोजगारमूलक कर्जा कार्यक्रममा संलग्न गराउन रकम परिचालन गर्ने हो । सो कोष नेपाल राष्ट्र बैंकको लघुबित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागले सञ्चालन गर्दै आएको छ । –कारोबार दैनिकबाट