काठमाडौं, साउन २२ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले टिकट बापत दिने रकममा २३ प्रतिशत अर्थात् १२ हजार ९ सय ८० रुपैयाँ घटेको छ ।
अब कामदारले हवाई टिकटबापत ४ सय ११ अमेरिकी डलर (४५ हजार २ सय ९२ रुपैयाँ) दिनुपर्नेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय बोलपत्र आह्वान गरी भाडादर घटाएको हो । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्