नवलपुर । नवलपुरको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ११ जना घाइते भएका छन् भने मृत्यु हुनेमा बुलिङ्गटार–३ छरछरे गाउँका नरबहादुर सुस्लिंग, यानसिंह सारु, पूर्ण थापा, लिलाबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय बुलिङ्गटारका प्रहरी नायव निरीक्षक नारायण पौडेलले जानकारी दिए ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि कावासोती र भरतपुर पठाइएको छ । कच्ची बाटोका कारण ट्रयाक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्