Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


संसद बैठक बस्ने, कांग्रेसले अवरोध नगर्ने


0
Shares

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसले आज संसद बैठकमा अवरोध नगर्ने भएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने निर्णय कांग्रेसले गरेको हो । कांग्रेस संसदीय दलको सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पार्टीका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा कांग्रेसले संसदमा अवरोध गर्दै आएको थियो ।

आजको बैठकको आफ्नो कुरा राखेर संसद सञ्चालन गर्न दिने निर्णय कांग्रेसले गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो । सोही बमोजिम संसदीय समितिले पनि निर्णय गरेको हो ।