काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना आजबाट शुरु भएको छ ।
आज बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ ।
प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी भाजपा दोश्रो स्थानमा रहेको छ भने भारतीय काँग्रेस तेस्रो स्थानमा रहेको छ ।
विधानसभाको चुनावमा आम आदमी पार्टीले नै नयाँ सरकार गठन गर्ने देखाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
सन् २०१५ मा भएको आम निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिष्पर्धा छ ।
मतगणना केन्द्रहरुको बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । मतगणना स्थलहरुमा अत्यधिक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आज ६७२ उम्मेदवारहरूको राजनीतिक भाग्यको फैसला हुने छ। दिल्ली विधानसभाको ७० सिटका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्