Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसलाई दबाब


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यसअघि नेपाली काँग्रेसले पटक पटक आवरोध गरेपछि स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा लगाएको भन्दै काँग्रेसले विरोध जनाएको हो ।

काँग्रेसले एउटै विषयमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर नेता गच्छदारलाई मात्र मुद्दा लगाएर आरोप लगाएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदले निर्णय गरेपनि प्रस्ताव लैजाने मन्त्रीलाई मात्र मुद्दा दायर गरेर अख्यिारको विश्वसनियतामा प्रश्न उठेको काँग्रेसको आरोप छ ।

पटक अवरुद्ध हुँदा संसदका काम कारवाही प्रभावित हुँदै आएका छन् ।

यसैबीच अदालतमा प्रवेश गरेको विषयमा पार्टीले हात हालेको भन्दै काँग्रेसका दोस्रो तहका नेताहरुले शीर्ष नेतृत्वलाई दवाव दिएका छन् ।