Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


भ्रष्टाचारविरुद्ध निरन्तर लागिरहन्छु : पूर्वमन्त्री तामाङ


0
Shares

काठमाडौं, साउन २१ । पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध आफू निरन्तर लागिरहने बताएका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले मन्त्रिपरिषदमा पुगेको सदाचार कानुनसम्बन्धी विधेयक संसदमा तत्काल पेस भइ पारित हुने विश्वास व्यक्त गरे ।

उनले सदाचार कानुन बनेमा २० प्रतिशत भ्रष्टाचार स्वतः रोकिने दाबीसमेत गरे ।

त्यस्तै, सम्पत्ति सार्वजनिकसम्बन्धी कानुनले ७० प्रतिशत भ्रष्टाचार रोक्नसकिने उनको भनाइ थियो ।