२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


शेयर बजार सकारात्मक


0
Shares

काठमाडौं । आइतबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार सोमबार भने सामान्य अंकले सकारात्मक रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले सकारात्मक रहेर १३ सय २४ पुग्यो ।

कारोबार भने अघिल्लो दिन सरह जस्तै रह्यो । यस दिन बढीजसो समूह सकारात्मक रहे ।

जलविद्युत, जीवन बीमा, वित्त र सामुहिक लगानी कोष बाहेक अरु समूह सकारात्मक रहेका हुन् ।

निर्जीबन बीमा समूह सबैभन्दा उच्च ७२ अंकले उकालो लाग्यो । लघुवित्त, उत्पादनमूलक र होटल समूह पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीको २३ लाख ६० हजार कित्ता शेयर ९३ करोड २० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।