Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


हाँडीगाउँमा लिच्छवीकालिन हितिको पुनर्निर्माण गरिने


13
Shares

-नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य(ईमेज)

काठमाडौं । उपत्यकाको खानेपानी प्रणालीको मौलिक संरचना हिति सम्पदा ब्युँताउने अभियान चलिरहेको बेला काठमाडौको हाँडीगाउँमा पनि लिच्छवीकालिन हितिको पुनर्निर्माण गरिने भएको छ ।

पुरातात्विक र ऐतिहासिक महत्वको हितिको उत्खनन् र पुनर्निर्माणमा जुन संवेदनशिलता अपनाउनु पर्ने हो त्यो भने हुन नसकेको पाइएको छ ।

लिच्छवीकालिन शहर नरदेय् अर्थात हाँडीगाउँमा रहेको लिच्छवीकालिन हितिको पुनर्निर्माण गरिंदै छ ।

चारै तिरबाट घरले घेरिएको अवस्थामा रहेका र लामो समयदेखि फोहोरको डंगुरले पुरिएका यी पाँच वटा हिति लिच्छिवी राजा शिवदेवले निर्माण गराएको शिलालेख समेत रहेको छ ।

काठमाडौं महानगरपालिका र वडा नम्बर ५ ले हिति पुनर्निर्माणको ठेक्कापट्टाको प्रक्रिया पूरा गरिसकेका छन । ऐतिहासिक सम्पदाको उत्खनन् र पुनर्निर्माणको काम पक्कै पनि स्रहानिय हो ।

स्थानीय बासिन्दाले पनि पुनर्निर्माणको प्रयासलाई सकारात्मक रुपमा लिएका छन् । स्थानीय गोरखनाथ मन्दिरका पुजारी योगी विश्वनाथ लिच्छिवीकालिन हितिको पुनर्निर्माण हुनु राम्रो काम भएको बताउनु हुन्छ ।

तर पुनर्निर्माणको क्रममा डोजर प्रयोग गरिएकोप्रति भने स्थानीयवासीले असन्तुष्टी ब्यक्त गरेका छन् ।

पुरातत्व विभाग र वडा कार्यालयलाई समेत जानकारी नदिइ ठेकेदारले डोजर लगाएर हिति उप्काउने र पर्खाल समेत भत्काउने काम गरेपछि स्थानीयले असन्तुष्टि जनाएका हुन् ।

यस्ता पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदा क्षेत्रमा काम गर्दा संवेदनशिलता भने अनिवार्य रुपमा अपनाउनु पर्दछ । अन्यथा पुनर्निर्माण त होला तर सुवास विनाको फूल जस्तो ।