२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संवैधानिक आयोगहरुलाई सरकारको छायाँ बनाएको छ : खड्का


0
Shares

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक आयोगहरुलाई सरकारको छायाँ बनाउँदा खोज्दा आन्दोलनमा जानु परेको जिकिर गरेका छन् ।

सोमबार नेपाल प्रेस युनियनको ललितपुर अधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले अख्तियारले एउटै निर्णयमा जोडिएका कम्युनिस्टहरुलाई छोडी कांग्रेसलाई मात्र मुद्दा चलाउने काम बद्नियतपूर्ण रहेको आरोप लगाए ।

कांग्रेस भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा रहेको भन्दै एउटै निर्णयमा सहभागी एउटालाई कारबाही हुने र अन्यलाई उन्मुक्ति दिन नहुनेमा आफुहरुको जोड रहेको उल्लेख गरे ।

उनले सरकार एकपछि अर्को गर्दै स्वतन्त्रता विरोधी विधेयक बनाएर साम्यावादी शासनतर्फ उद्यत भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पनि आन्दोलन आवश्यक रहेको जिकिर गरे ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल लगायतकाले प्रेस विरोधी कानूनको विरुद्व सशक्त आन्दोलन आवश्यक रहेको बताए ।