Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चट्टानको बीच भागबाट पानी निकालियो


0
Shares

अर्घाखाँची । चट्टानको बीच भागको तीन सय मिटर गहिराइबाट शुद्ध पानी निकाल्न सफल भएको छ ।

पहाडी भू–भागमा पानीका मुहानका स्रोतहरु सुक्दै गएका बेला मालारानी गाउँपालिकाले भारतबाट प्राविधिक उपकरण ल्याएर समाधान खोज्न सफल भएको हो।

पिउने पानीको अभावका कारण बसाईसराई भइरहेको अवस्थामा बोरिङ्ग प्रविधि आएसँगै मालारानी मन्दिरमा आउने पर्यटक र मालारानी ६ का करिव १ सय ४० घरधुरी लाभान्वित हुने उपभोक्ता समितीले जनाएको छ ।

मुक्तिनाथ डिलिङ एन्ड कन्सट्रक्सन प्रालि रुपन्देहीको प्राविधिक सहयोगमा डीप बोरिङ प्रविधिमार्फत पानी निकालिएको हो । 

 

Skip This