
काठमाडौं, साउन २१ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयअन्तर्गत् रिक्त रहेका सम्पूर्ण पदमा तत्कालै दक्ष जनशक्ति भर्ती गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा मन्त्रालयले गर्ने कार्यक्रमहरुको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मातहतका निकायहरुलाई तोकिएको समयसीमाभित्र कार्यसम्पादन गर्न निर्देशन दिए ।
‘सेक्युरिटी प्रेस’को अवधारणा यसै वर्षदेखि सुरु गरिने भन्दै उनले एकद्वार प्रणाली लागू गर्न कानुनी र नीतिगत पाटो फुकाउँदै लैजाने बताए ।
रेडियो र टीभीको फ्रिक्वेन्सी लाइसेन्समा नयाँ कानुन ल्याउने योजना रहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्