Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


चार विधेयक छलफलका लागि विषयगत समितिमा


0
Shares

काठमाडौं, साउन २१ । प्रतिनिधिसभाले विभिन्न चारओटा विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको सोमाबर बसेको बैठकले सार्वजनिक सुरक्षा, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण र बिमा विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको हो ।

गृहमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र अर्थमन्त्रीको तर्फबाट कानुनमन्त्री ढकालले लेखापरीक्षण विधेयक २०७५ र बिमा विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

सबै प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।