२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


गोरखामा पहिरोले १३ घरपरिवार विस्थापित


26
Shares

गोरखा, साउन २१ । पहिरो गएर जमिनको धाँजा फाटेपछि गोरखाको खानीगाउँमा १३ घर जोखिममा परेका छन् ।

लगातारको वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले जमिन भासिन थालेपछि धार्चे गाउँपालिका वडा नम्बर–७ खानीगाउँका ७३ घरमध्ये १३ घरपरिवार विस्थापित भएका हुन् ।

उनीहरु ३/४ दिनदेखि घर छाडेर आफन्तको आश्रय लिएर बसेका छन् ।

भूकम्पलेपछि पहिरो जान थालेकामा यो वर्ष पहिरो जानेक्रम झन् बढेको र १३ घर परिवार बस्न नसक्ने अवस्थामा पुगेको स्थानीय जीबबहादुर गुरुङले जानकारी दिए ।