काठमाडौं, साउन २१ । राष्ट्रियसभाको सोमबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।
बैठकमा उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत् गरेका थिए ।
पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर–२ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गरेका पंगेनी कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत थिए ।
पंगेनीको आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २३ गते बिहान ११ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्