काठमाडौं, माघ २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणमा कसैमाथि पनि पूर्वाग्रह नराखेको दाबी गरेका छन् ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कारबाहीमा ‘लाल फित्ताधारी’ र ‘श्वेत फित्ताधारी’को व्यवहार नगरेको जिकिर गरे ।
विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा जग्गा दर्ता भएपनि उनको नाम तेस्रो श्रेणीमा रहेकाले कारबाही नगरिएको उनको भनाइ थियो ।
‘चीनमा रहेका सबै नेपाली सुरक्षित’
चीनमा रहेका सबै नेपाली सुरक्षित रहेको भन्दै उनले देशमा सबै तयारी पुगेपछि उनीहरुलाई उद्धार गरेर ल्याउने बताए ।
पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चौधरी ग्रुपले ७ जिल्लाको ‘लिमिटेड मोबिलिटी’को २५ लाख रुपैयाँ तिरेको र देशभरका लागि आधारभूत मोबाइल सेवाको लाइसेन्स लिन खोजेको दाबी गर्दै २० अर्ब तिरेर लाइसेन्स लिन सीजीलाई सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्