Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


संविधान संशोधन नभए जनविद्रोहको बलमा संशोधन : यादव


0
Shares

सप्तरी, माघ २१ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए जनविद्रोहको बलमा संशोधन गराएरै छाड्ने बताएका छन् ।

सप्तरीको राजविराजमा मंगलबार आयोजित संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

आफूहरु शक्ति निर्माणको क्रममा अगाडि बढेको जनाउँदै यादवले जनविद्रोहको बाटो अवलम्बन गरिने उद्घोष गरे ।

राष्ट्रिय जनता पार्टीसँगको एकता अपरिहार्य रहेको र चाँडै एकता हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ थियो ।