१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ए डिभिजन लिग: आज एनआरटी र फ्रेण्ड्स भिड्ने


0
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज एनआरटी र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

एन्फा मैदान सातदोबाटोमा दिउँसो हुने खेलमा दशौं चरणका अन्तिम खेल हुन लागेको हो ।

१५ अंकसहित लिगको पाँचौं स्थानमा रहेको एनआरटीले नौ खेलमध्ये पाँचमा जित हात पारेको छ भने दुई खेल बराबरी र दुईमा पराजित भएको छ ।

११ अंक सहित दशौं स्थानमा रहेको फ्रेण्ड्सले भने तीन खेलमा जित हात पारेको छ भने दुईमा बराबरी र चारमा पराजय भोगेको छ ।