२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नूरप्रसादले आमा गंगामायालाई भेटेपछि भनेः प्रचण्ड र बाबुरामलाई माफी दिन सकिन्न (भिडियो)


0
Shares

काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका जेठा छोरा नूरप्रसादलाई नेपाल प्रहरीले आइतबार आमाको जिम्मा लगाएको छ ।

लामो समयदेखि सम्पर्कविहीन रहँदै आएका नूरप्रसादलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको थियो ।

प्रहरीले आइतबार साँझ नूरप्रसादलाई वीर अस्पतालमा रहेकी आमा गंगामायाको जिम्मा लगाएको हो ।

आमाको जिम्मा लगाएपछि नूरप्रसादले आफू नेपालका न्यायालयमा न्याय माग्न नजाने बताए ।

आफ्ना भाई कृष्णप्रसादलाई गोली हान्ने तत्कालिन माओवादी कार्यकर्ताहरुलाई माफी दिन तयार हुने तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई कुनै हालतमा माफी दिन नसक्ने बताए ।

आफ्ना बाबुको अनशनकै क्रममा निधन हुनुभन्दा अघिदेखि नै नूरप्रसाद सम्पर्कविहीन रहंदै आएका थिए ।

भिडियो हेर्नुहोस्