
पोखरा । पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप हुने भएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाईडिङ संघ (नेफा) र नेपाल पाइलट क्लवको सहकार्यमा प्याराग्लाईडिङ वल्र्ड कप हुन लागेको हो ।
पोखरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले फागुन ११ देखि १७ गतेसम्म प्रतियोगिता आयोजना हुने जनाएको हो ।
प्रतियोगितामा नेपालसहित ३० देशका १ सय २५ खेलाडीको सहभागिता रहने प्रतियोगिताका संयोजक योगेश भट्टराईले जानकारी दिए ।
प्रतियोगिताको प्रवर्धन भने नेपाल पर्यटन बोर्डले गर्ने भएको छ ।
प्रतियोगितामा नेपालसहित फ्रान्स, बेल्जियम, रसिया, काजकीस्थान, अमेरिका, जापान, दक्षिण कोरिया, ईण्डोनेसिया, भारतलगायत देशका खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा ओभरल च्यापियन, महिला च्यापियन, नेपाली च्यापियनतर्फ पहिलोदेखि पाँचौँ स्थानसम्मका विजेतालाई मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना हुन लागेको प्रतियोगिता विशेष रहने संयोजक भट्टराईको धारणा छ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च लाग्ने आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्