Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राजनीतिका कारण धर्म र संस्कृति मासिंदै गएको चिन्ता


0
Shares

काठमाडौं । हिन्दुवादी धर्मका विभिन्न संघसंस्थाका अगुवाहरुले मुलुकको राजनीतिका कारण धर्म र संस्कृति मासिंदै गएको टिप्पणी गरेका छन् ।

विश्व हिन्दु एकता परिषद्ले काठमाडौमा आज गरेको सद्भाव कार्यक्रमका सहभागीहरुले मुलुकको परनिर्भर राजनीतिका कारण धर्म,संस्कृति र परम्परा नाश हुँदै गएको टिप्पणी गरेका हुन् ।

उनीहरुले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्नुको मुख्य उद्धेश्य धर्म,संस्कृति नाश गर्ने भएको भन्दै धर्म,संस्कृति र परम्परा जोगाउन राजनीतिक आस्थाबाट माथि उठेर एकजुट हुनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका वक्ताहरुले विश्वका विभिन्न मुलुकहरु मुस्लिम हुने, क्रिश्चियन हुने तर नेपाल किन हिन्दुराष्ट्र हुन नहुने भन्दै प्रश्न गरेका छन् ।

मुलुकमा चलिरहेको दिशाविहिन राजनीतिले अन्ततः मुलुकको अस्तित्व समाप्त हुने उनीहरुको जिकिर छ ।