Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


कांग्रेस खसआर्य केन्द्रीय सदस्यको ४१ सय मत गन्दा कसको मत कति ?


2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खसआर्य तर्फको केन्द्रीय सदस्यको मतपरिणाम आउने क्रम जारी छ ।

केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा ४१ सय मत गन्दा केशव बुढाथोकी सबैभन्दा बढी १८ सय १ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, गोविन्द शाह १७ सय ७९, मधु आचार्य १६ सय ६६, भीम पराजुली १६ सय ७७, श्याम घिमिरे १६ सय ४, नारायण कार्की १५ सय ६४, गेहेन्द्र गिरी १५ सय ४, विष्णु कार्कीले १४ सय ५१ मत प्राप्त गरेका छन् ।

७ पदका लागि निर्वाचन भएका थियो ।

खसआर्यको मतगणना सकिएसँगै आगामी ४ वर्षका लागि नेपाली कांग्रेसको पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।