Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


पुनर्निर्माणको बाँकी कामका लागि बजेट अभाव हुँदैन : प्रधानमन्त्री देउवा


91
Shares

काठमाडौं, पुष ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका बाँकी कामका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बुधबार बसेको अन्तिक बैठकमा निर्देशक समितिका अध्यक्षसमेत रहुनभएका प्रधानमन्त्री देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरु समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुहुँदै बजेट अभाव हुन नदिने विश्वास दिलाउनुभएको हो ।

उहाँले नेपालको पुनर्निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद पनि दिनुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिहरुको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रुपमा लैजानुपर्ने र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानूनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

बैठकले प्राधिकरण अन्तर्गत भैरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणको हस्तान्तरणको निर्णय पनि गरेको छ । बाँकी पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ । पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेबाट सकिंदैछ ।