Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको पूर्ण समर्थन : देउवा


0
Shares

बुटवल, माघ १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलनमा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।

जनताका अधिकार खोसेर लोकतन्त्रमाथि प्रहार

बुटवलमा कांग्रेसका स्व. नेता बलदेव शर्माको शनिबार १३औं दिनको पुन्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै देउवाले प्रेस स्वतन्त्रतामाथि आँच आउन नदिन सदनमार्फत् निरन्तर खबरदारी गरिरहेको बताए ।

दुईतिहाइको बलमा सरकारले जनताका अधिकार खोसेर लोकतन्त्रमाथि नै प्रहार गरेको भन्दै त्यसको विरुद्धमा प्रजातान्त्रिक शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उनले उल्लेख गरे ।

स्व. नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाई सबैले अनुशरण गर्नुपर्नेमा सभापति देउवाले जोड दिए ।

श्रद्धाञ्जलिसभामा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेताहरुकोसमेत उपस्थिति थियो ।

नेपाली कांग्रेसको प्रदेश नम्बर–५ को संसदीय दलका नेतासमेत रहेका बलदेव शर्मा पोखरेलको यही माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।