२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कोरोनाको सन्त्रास: अमेरिकामा विदेशी नागरिकमाथि कडाइ


0
Shares

काठमाडौं । अमेरिकाले कोरोना भाइरसबाट बच्नका लागि आफ्नो देशमा आउने विदेशी नागरिकमाथि कडाइ गर्ने जनाएको छ ।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भइरसको संक्रमण विश्वका २२ देशमा फैलिएपछि अमेरिकाले आपतकालीन स्वास्थ्य अवस्थाको घोषणा गरेर आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकमाथि कडाइ गर्ने जनाएको हो ।

दुई साताअघि चीनबाट अमेरिका पुगेका एक व्यक्तिमा कोरोना भाइरस भएको पुष्टि भएपछि अमेरिकाले थप सर्तकता बढाएको हो ।

करिव दुईसय जना संकास्पद व्यक्तिहरु स्वास्थय परीक्षणका क्रममा रहेको पनि अमेरिकाले जनाएको छ ।

हङकङका अधिकारीहरुका अनुसार चीनमा ७५ हजार भन्दा बढी कोरोना भाइरसबाट पीडित भएको समाचारमा जनाइएको छ ।

सन् २००३ मा फैलिएको सार्सको महामारी भन्दा बढी कोरोना भाइरबाट प्रभावित रहेको अधिकारीहरुले बताएका छन् ।

यसअघि विहिबार विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकालीन अवस्थाको घोषणा गरेको थियो ।(एजेन्सी)