४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

एमाले पनि सहभागी

65
Shares

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सहभागी भएको छ । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कृष्णभक्त पोखरेल सहभागी रहनु भएको छ ।

एमालेले संसद बैठकमा विरोध जनाउँदै आए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाउँदै आएको छ ।

यसैबीच, एमालेले मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ ।

एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ ।