Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘सहिदहरुको बलिदान बिर्सन हुँदैन’


0
Shares

तनहुँ, माघ १६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहिदहरुको सपना साकार गर्नुपर्ने बताएका छन् ।

बिहीबार तनहुँको मानहुँकोटमा व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै नेता सिंहले सहिदहरुको बलिदानले नै आज देशमा लोकतन्त्र आएकाले सहिदहरुको बलिदानलाई कसैले पनि बिर्सन नहुने भन्दै सहिदलाई सम्मान गर्नुपर्ने धारणा राखे ।

सिंहले तनहुँको पुलिमराङमा सहिदहरुको शालिक अनावरण पनि गरे ।

अल्ट्रा म्याराथन

बिहीबारै मानहुँकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटरको म्याराथन प्रतियोगिता पनि आयोजना गरिएकामा सोलुखुम्बुका सुमन कुलुङले दुई घन्टा ५९ मिनेटमा पार गर्दै प्रथम भए ।

त्यस्तै, तीन घन्टा दुई मिनेटमा दूरी पार गर्दै कालिकोटका देवराज महतरा द्वितीय भएका छन् भने तीन घन्टा तीन मिनेटमा दूरी पार गर्दै भोजपुरका तीर्थ तामाङ तृतीय भएका छन् ।

प्रथम हुनेले ८१ हजार, दोस्रो हुनेले ६१ हजार र तृतीय हुनेले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।