
बैतडी, साउन २० । ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ जसमलाका ३० बर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिदा मनाउन घरमा आएका भट्टको पानीको मुहानमा पाइप जोड्दै गर्दा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । उनी नेपाली सेनाको चार नम्बर वाहिनी नेपालगञ्जमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्