Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने एमालेको माग


260
Shares

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले एमालेले नेकपा एकीकृत समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यसमा सभामुखले गल्ती सच्याउनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

महासचिव पोखरेलले प्रतिनिधि सभाको जारी अवरोध हटाउनका लागि सत्तापक्षले भूमिका खेल्न नसकेको पनि बताउनुभयो । एमालेले कारवाही गरेका र एमाले छोडेर गएका १४ जना समाजवादीका सांसदहरूलाई कारबाही गर्नुपर्ने भन्दै एमालेले गत भदौ २३ गतेदेखि संसद अवरोध गर्दै आइरहेको छ । उहाँले अब एमाले देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित हुने पनि बताउनुभयो ।

Skip This